आइतबार, कार्तिक १६ गते २०८३
images
images

९० हजार ६०० रुपैयाँमा झर्‍यो सुनको मूल्य 

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 492
    SHARES
  • ९० हजार ६०० रुपैयाँमा झर्‍यो सुनको मूल्य 

    भदौ २४ काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट आएको छ । बुधबार तोलामा ७०० रुपैयाँले सस्तिएर ९० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै सस्तिँदै ९० हजार एक सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले सस्तिँदै बिहीबार एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।