शनिबार, भाद्र २७ गते २०८३
images

९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा

एक्सप्रेस पाना
फाल्गुण ११, २०७९ बिहीबार
  • 242
    SHARES
  • ९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा

    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट फागुन १० गते सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलवारीले रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ बर्षिय कुमार पुन, दाङ जिल्लाको लालमोटिया
    गाँउपालिका–१ बस्ने ३९ बर्षिया पुनम पुन र ४१ बर्षिया दिलमाया पुनलाई नियन्त्रणमा लिएको हो ।

    नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँग गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।

    images