आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमसीसी उपाध्यक्ष फातिमा ओली भेट्न बालकोटमा 

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 295
    SHARES
  • एमसीसी उपाध्यक्ष फातिमा ओली भेट्न बालकोटमा 

    भदौ २४ काठमाडौं ।  चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी छन् । 

    images

    बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । एमाले टोलीमा स्थायी कमिटी सदस्य विष्णु रिमाल र राजन भट्टराई पनि सहभागी छन् ।

    एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो । चार दिन काठमाडौं रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्षनेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।एमसीसी संसदबाट पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच फरक फरक मत रहेका बेला फातिमा नेतृत्वको टोलीको नेपाल भ्रमण भएको हो ।

    images