आइतबार, कार्तिक १६ गते २०८३
images
images

महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारलाई यसरी कुटे तालिवानले

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 273
    SHARES
  • महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारलाई यसरी कुटे तालिवानले

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा महिला प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई तालिवानले निर्घात कुटेका छन् । तालिवान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारले कुटाइ खाएका हुन् ।  

    images

    सामाजिक सञ्जाल ट्विटरमा राखिएका बिभिन्न तस्विरमा तालिवानले पत्रकारलाई लट्टीले हिर्काएको देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा निलडाम देख्न सकिन्छ । महिलाबारे समाचार लेखेका दुई पत्रकारलाई  बाहिरी बस्त्र खोल्न लगाएर तालिवानले निर्मम ढंगले कुटेका छन् । कुटाइका कारण उनीहरुको पिठ्युँ, ढाड र कम्मर रातो देखिन्छ । अर्को एक भिडियोमा तीन पत्रकारलाइ सामूहिक रुपमा बाँधेर एउटा कोठामा लगिएको देखिन्छ । उनीहरुको अनुहारमा चोट र निलो डाम देखिन्छ । 

    आफूलाई सरकारमा सहभागी नगराएको र विभिन्न अधिकार कटौती गरेको भन्दै काबुलमा महिलाले प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनबारे समाचार लेख्न तालिवानले सञ्चारकर्मीलाई उर्दी दिएका छन् । 
     

    images