करिब तीन घण्टाको कठिन पैदल यात्रा गर्दै मकवानपुरको कैलाश गाउपालिका वडा नम्बर ९ घैराङ्गमा रहेको श्री जीवन ज्योति प्राथमिक विद्यालयमा रोटरी क्लब अफ मकवनपुरले लताकपडा (ट्र्याक सुट) तथा शैक्षिक सामाग्री सहयोग गरेको छ।
शनिबार एक कार्यक्रमका बीच कक्षा १ देखि ५ सम्मका १२३ जना विद्यार्थीहरुलाइ लत्ताकपडा (ट्र्याक सुट) तथा झोला, किताब ,कपि, पेन्सिल लगायतका सामाग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष कार्किले ३२ वर्ष अगाडि पुग्दा गाउको अवस्था जस्तो थियो अहिले सम्म पनि त्यस्तै अवस्थामा रहेको र कुनै सुधार हुन नसकेको यस घैराङ्ग गाउपालिकालाइ परिवर्तन गर्नको लागि आगामी दिनमा पनि सहकार्य गर्ने बताए।
यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष भुवन सिंह घलानले भूगोलको हिसाबले एउटा भेगनै छुट्टीएर बसेको र पछाडी परेको यो गाउँ र बिद्यालयलाइ सहयोग गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिदै आगामी दिनमा पनि पिछडिएको यस घैराङ्ग गाउमा भौतिक विकासमा पनि सहयोगको लागि अपेक्षा रहेको कुरा व्यक्त गरेका थिए।

त्यस्तै श्री जीवन ज्योति प्राथमिक बिद्यालयको प्रधानाध्यापक सिताराम रुम्बाले शिक्षा छेत्रमा पछाडि परेको यस बिद्यालयलाइ सहयोग गर्न प्रस्ताव राखेको एक हप्ता मै घण्टौ हिडेर सहयोगको लागि पुगेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा कैलाश गाउपालिका ९ नम्बर वडा अध्यक्ष भुवन सिंह घलानको प्रमुख आतिथ्यता रहेको थियो।त्यस्तै रोटरी अफ क्लबका पुर्व अध्यक्ष ज्ञानकृष्ण प्रजापति ,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल बहादुर गोले,रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राइ र रोटरी क्लब अफ मकवानपुरका सदस्यहरुको उपस्थित रहेको थियो।
विश्व सिंह रुम्बाको संयोजकत्वमा भएको कार्यक्रममा एकलाख तीस हजार बराबरको लत्ताकपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो।


