आइतबार, कार्तिक १६ गते २०८३
images
images

मरिण गाँउपालिकामा वाख्राको संकलन केन्द्र भवनको अध्यक्ष मुक्तानद्वारा सिलान्यास 

एक्सप्रेस पाना
फाल्गुण १६, २०७९ मंगलबार
  • 466
    SHARES
  • मरिण गाँउपालिकामा वाख्राको संकलन केन्द्र भवनको अध्यक्ष मुक्तानद्वारा सिलान्यास 

    सिन्धुलीको मरिण गाँउपालिकामा वाख्राको संकलन केन्द्र भवन सिलान्यास गरिएको छ। मरिण गाँउपालिकाका अध्यक्ष  विमर्श मुक्तानले(प्रख्यात)ले एक कार्यक्रमका बीच आज सिलान्यास गर्नुभएको हो । मरिण गाँउपालिकाको आर्थिक तथा  प्राविधिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीको व्यवस्थापनमा सञ्चालित कार्यक्रम अन्तर्गत अध्यक्ष  मुक्तानले सिलान्यास गर्नुभएको हो ।  

    images

    गाँउपालिकामा उत्पादित वाख्रा, पाठा पाठीहरु, खसि वोकाहरुलाई वजारिकरण गर्न सहयोग होस र विक्रि गर्दा पनि सहजता होस भन्ने उद्देश्यका साथ यो भवन निमार्ण गर्न लागिएको अध्यक्ष  मुक्तानले बताउनुभयो ।  

    mar.jpg

    images

    हाललाई आवश्यकता नदेखिएपनि ५ र १० वर्ष पछि यसको आवश्यकता देखिने भएकोले दिर्घकालिन सोचका साथ यो भवन निमार्ण गर्न लागिएको अध्यक्ष मुक्तानको भनाइ छ । 

    कार्यक्रममा मरिण गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम वहादुर दर्जी, शिक्षा शाखा प्रमुख नवराज वराल, कार्यपालिका सदस्य, मरिण गाँउपालिका उद्योग वाणिज्य संघका अध्यक्ष,ह्यण्ड्स नेपालका अध्यक्ष वासुदेव धिकारी हेफर इन्टरनेशनल नेपालका जनकपूर रिजनल मेनेजर दिपेश पोखरेल लगाएत स्थानियको उपस्थिति रहेको थियो।