आइतबार, कार्तिक १६ गते २०८३
images
images

 नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन    

एक्सप्रेस पाना
आषाढ २९, २०७८ मंगलबार
  • 375
    SHARES
  •  नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन    

     मुग्लिन, २९ असार   पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई आज बिहान ७ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।     
         
    ओभरटेक नगरिकन आफ्नो लेनमा रही ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको सङ्केतलाई पूर्ण पालना गरी सवारी चलाउन सवारी चालकलाई प्रहरीले अनुरोध गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाको समयमा पहिरो खसी पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । सवारी चालकले जथाभावी ओभरटेक गर्दा पहिरो पञ्छाइ सडक खुलाइए पनि घण्टौँसम्म जाम हुने समस्या छ ।   रासस  

    images