शनिबार, भाद्र २७ गते २०८३
images

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ २५ चैतमा रिलिज हुने

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 404
    SHARES
  • अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ २५ चैतमा रिलिज हुने

    भदौ २५ काठामाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् ।

    images

    यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन् ।
    झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ को सिरिज चलचित्र हो ।

    सरकारले सिनेमा हल खोल्न अनुमति दिइसकेको छ । तर, निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका छन् । सरकारले सिनेमा खोल्न एक साताअघि नै निर्णय गरे पनि अहिलेसम्म सिनेमा हल खुला भएका छैनन् । कोरोना कहर कम हुँदै गएपछि चैतमा आफ्नो नयाँ चलचित्र रिलिज गर्ने थापाको भनाइ छ ।

    images