भोटेकोशी । सिन्धुपाल्चोकको झिर्पु माध्यमिक विद्यालयमा आउदो बैशाख देखि चिनियाँ भाषाको पढाइ हुने भएको छ । मंगलबार सवर्स एक्सन नेपाल एवं सवर्स एक्सन हङकङ बिच १ वर्षे चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम गर्ने सम्झौता भएको हो । साथै सो बिद्यालयमा कक्षा ७ देखि १२ सम्म दिवा खाजा परियोजनाकोपनि सम्झौता भएको छ । विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष आङछिरी शेर्पा र सवर्स एक्सन नेपाल एवं सवर्स एक्सन हङकङको तर्फबाट नेपाली प्रतिनिधि पासाङ वाङ्दी शेर्पा ले हस्ताक्षर गरेका छन ।
सम्झौता कार्यक्रम गाउँपालिका प्रशासकीय प्रमुख भद्र बहादुर बस्नेतको प्रमुख आतित्यता, सभापतित्व बिव्यस अध्यक्ष शेर्पा र भोटेकोसी ४ का वडा अध्यक्ष टासी शेर्पा र ३ का वडा अध्यक्ष निमासोना शेर्पा लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा भएको थियो ।

