आइतबार, कार्तिक १६ गते २०८३
images
images

अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा 

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 326
    SHARES
  • अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा 

    भदौ २५ काठमाडौं । व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद अफताव आलमले दर्ता गरेको निवेदनउपरकोे सुनुवाइ ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । 

    images

    आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्न न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, पछि अदालतले ‘हेर्न नमिल्ने’ मा राखेको हो । 

    २०६४ मा संविधानसभा सदस्यको निर्वाचनअघि रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा आलमको प्रमुख भूमिका रहेको भन्दै दायर रिट जिल्ला अदालत रौतहटमा विचाराधीन छ । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम हाल ललितपुरस्थित नख्खु कारागारमा छन् ।

    images

    adalat.PNG