आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेको अवरोधका बीच राष्ट्रियसभामा दल विभाजनसम्बन्धी अध्यादेश पेश

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 485
    SHARES
  • एमालेको अवरोधका बीच राष्ट्रियसभामा दल विभाजनसम्बन्धी अध्यादेश पेश

    भदौ २५ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेश गरेको छ ।

    images

    गृहमन्त्री बालकृष्ण खाँडले अध्यादेश पेश गरेका थिए । अध्यादेश पेश गर्दा एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए ।  

    दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए ।

    images

    त्यसपछि बैठकले सांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।