आइतबार, कार्तिक १६ गते २०८३
images
images

दिगो विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्छ : प्रजिअ पौडेल

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७९ मंगलबार
  • 237
    SHARES
  • दिगो विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्छ : प्रजिअ पौडेल

    काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेलले दिगो विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले कृषि विना दिगो विकास सम्भव नभएको भन्दै कृषिलाई गुणस्तर सहित अगाडि ल्याउनुपर्नेमा जोड दिए । आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल आस्क नेपाल काभ्रे एकिकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको हाल सम्मको प्रगती समिक्षा कार्यक्रममा प्रजिअ पौडेलले संस्थाले नतिजा ल्याउने गरि वास्तविक कृषक सम्म पुगेर काम गरिरहेको उल्लेख गरे । उनले कृषिलाई विकास गर्नका लागि स्थानिय तह, कृषिसँग सम्बन्धीत विभिन्न निकाय, सघंसंस्था र कृषक स्वयम मिलेर काम गर्नुपर्ने बताए । 

    images

    कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पोडेलले उत्पादनले बजार खोज्ने र बजारले उत्पादन खोज्ने भएकाले एक अर्कामा परिपुरक रहेको बताउँदै ब्यबशायीक उत्पादन गरेर बजारको ग्यारेन्टी गर्नुपर्ने बताए । कृषिलाई अर्गानीक खेतीमा आवद्ध गर्नका लागी स्थानिय पाठ्यक्रममा पनि विकास गर्दै जानुपर्ने पौडेलले बताएका हुन् ।