आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपालको चुच्चे नक्सा कार्यान्वयन गर्न माओवादी केन्द्रको माग 

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 540
    SHARES
  • नेपालको चुच्चे नक्सा कार्यान्वयन गर्न माओवादी केन्द्रको माग 

    भदौ २५ खोटाङ । नेकपा माओवादी केन्द्र खोटाङले नेपालको चुच्चे नक्सा कार्यान्वयनको माग गरेको छ । २२ र २३ भदौमा सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले नेपाल सरकारले केही समयअघि जारी गरेको चुच्चे नक्सा कार्यान्वयनको माग गर्ने निर्णय गरेको हो । 

    images

    बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक देवान किराती पृथ्वीले सदनले पास गरेको नेपालको चुच्चे नक्सा पाठ्यापुस्तक, सरकारी कागजात लगायतमा कार्यान्वयन गर्न आलटाल गरिएकाले यथाशीघ्र कार्यान्वयनको माग गर्ने निर्णय गरिएको जानकारी दिए । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता खारेजीका लागि केन्द्रिय कमिटी र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

    माओवादी केन्द्रले संविधानको मर्म र भाव अनुसार जिल्ला कमिटीलाई विघटन गर्दै जिल्ला समन्वय समिति बनाउने र पालिका कमिटीलाई कार्यकारी बनाउने निर्णय गरेको छ । आगामी दिनमा नगर तथा पालिका कमिटी कार्यकारी हुने तर जिल्ला कमिटी भने समन्वय समितिको भूमिकामा रहने जानकारी दिइएको छ । माओवादी केन्द्रले स्थानीय तहस्तरीय कमिटीलाई सशक्त बनाउनका लागि जिल्लाको नेतृत्व तहमा रहेका नेताले आ–आफ्नो पालिकामा जिम्मेवारी लिएर फर्कने निर्णय गरेको छ ।  

    images

    माओवादी केन्द्रले अन्य पार्टीमा प्रवेश गरेका पाँचजना पार्टी सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिएको छ । माओवादी केन्द्रका सचिवालय सदस्य इन्द्र दंगाल, पूर्व जिल्ला कमिटी सदस्य कमल आले मगर, खोटेहाङ गाउँपालिका कमिटी अध्यक्ष राजन ढकाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडा सदस्य चित्रकुमार राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडा सदस्य छत्र खड्काको सदस्यता खारेज गर्ने निर्णय गरिएको संयोजक किरातीले जानकारी दिए ।