आइतबार, कार्तिक १६ गते २०८३
images
images

सभामुख सापकोटाको टाउको फुटाउने हाम्रो योजना थियो : सांसद रेखाकुमारी झा

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 411
    SHARES
  • सभामुख सापकोटाको टाउको फुटाउने हाम्रो योजना थियो : सांसद रेखाकुमारी झा

    भदौ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद रेखाकुमारी झाले संसदमा सभामुख अग्निप्रसाद सापकोटाको टाउको फुटाउन खोजेको प्रतिक्रिया दिएकी छन् ।

    images

    शुक्रबार (आज) संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले प्रतिपक्षीको विरोधका बीच संसद चलाएको भन्दै टाउको फुटाउने आफूहरुको योजना रहेको बताएकी हुन् । सांसद झाले जे पायो त्यसैले टाउको फुटाउने आफूहरुको योजना बताउँदै भनिन्, ‘टाउको फुटाइदिन्थ्यौँ । पहिले गल्ती कसले गरेको हो ?’ यसका साथै उनले प्रतिपक्षीले विरोध गरिरहँदा संसद चलाएमा प्रतिकार गर्ने पनि बताइन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा सभामुखको विरोध गर्दै एमालेका सांसदहरुले रोष्ट्रममा उक्लिने प्रयास गरेका थिए । संसदमा उनीहरुलाई मर्यादापालकले रोष्ट्रममा जानबाट रोकेका थिए ।

    images