मंगलबार, भाद्र २३ गते २०८३
images

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा मोबाइल जित्ने मौका

एक्सप्रेस पाना
चैत्र ५, २०७९ आइतबार
  • 240
    SHARES
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा मोबाइल जित्ने मौका

    ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुब ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।

    images

    यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुब ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् ।

    बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र ५ देखि ११ गते सम्म ७ दिनका लागि मान्य रहनेछ ।

    images

    यस योजनाको अन्त्यमा, बैंकको डेबिट÷क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुब ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।

    बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ-कमर्श)लाई प्रवर्द्धन गर्नु हो । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरु लाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

  • सम्बन्धित विषय:

  • # IMEPAY
  • # बैंक