रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ वगाहास्थित सीमा ईलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरीले करीव ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा २७ गण रुपन्देहीले बरामद गरेको हो । बरामद लत्ताकपडा भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।

