भदौ २७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ । संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा मध्यान्ह १२ बजे दलको बैठक बस्ने पार्टीका प्रचार विभाग प्रमुख तथा सांसद योगेश भट्टराईले जानकारी दिए ।
सभामुख र सरकारको भूमिकालाई लिएर एमालेले संसदमा नाराबाजी गरिरहेको छ । नाराबाजीकै बीच सभामुखले यसअघिको बैठक अगाडि बढाएका थियो । एमालेका सांसदहरूले अमर्यादित शब्द समेत प्रयोग गरेका छन् । स्थायी कमिटी बैठकले संसदीय दलको बैठक बोलाएर सांसदलाई संयमित र मर्यादित रुपमा प्रस्तुत हुन निर्देशन दिने निर्णय गरेको थियो
.jpg)

