आइतबार, कार्तिक १६ गते २०८३
images
images

मार्चमा करिब एक लाख पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतबाट

एक्सप्रेस पाना
चैत्र १९, २०७९ आइतबार
  • 413
    SHARES
  • मार्चमा करिब एक लाख पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतबाट

    काठमाडौँ । गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    images

    नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

    सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएका छन् ।

    images

    साथै क्यानडाबाट एक हजार ७०७, अमेरिकीबाट नौ हजार ५५७ का साथै मिडल इस्टलगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् ।

    यस अवधिमा सबैभनदा धेरै भारतबाट २५ हजार ९११ पर्यटक नेपाल आएका छन् । जबकी गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ जना पर्यटक आएका थिए ।