शनिबार, भाद्र २७ गते २०८३
images

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

एक्सप्रेस पाना
चैत्र २२, २०७९ बुधबार
  • 277
    SHARES
  • श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

    सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ भन्सार सीमा ईलाकाबाट चैत्र २१ गते करीव ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    भारत घर बताउने २७ वर्षिय राकेश कुमार तिवारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । बी.आर. ३० ए.ए. ३४५५ नम्बरको मोटरसाईकलमा सवार उनलाई जाँच गर्दा उनको
    साथमा फेला परेको रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । 

    बरामद भएको उल्लेखित रुपैयाँमा १ सय दरको २ सय वटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ । नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको छ ।

    images