आइतबार, कार्तिक १६ गते २०८३
images
images

मन्त्रिमण्ड विस्तार हुने अन्तिम तयारी , को-को बन्दैछन् गठबन्धनबाट मन्त्री ?

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 317
    SHARES
  • मन्त्रिमण्ड विस्तार हुने अन्तिम तयारी , को-को बन्दैछन् गठबन्धनबाट मन्त्री ?

    भदौ २७ काठमाडौं । सत्ता गठबन्धनमा भागवण्डाको कुरा मिल्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन् । सरकार गठन भएको दुई महिनाको समय वित्नलाग्दा समेत गठबन्धनले सरकारलाई पूर्णता दिन नसकेको हो । गठबन्धन भित्र र बाहिरबाट समेत मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेका बेला नेताहरु निरन्तर छलफलमा रहेका छन् । आइतबार पनि भागवण्डामा सहभागी जुटाउने प्रयास स्वरुप शीर्ष नेताहरुको बैठक बसिरहेको छ । 

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सोमबारसम्म मन्त्रीमण्डल विस्तारको सम्भावना बारे छलफल भइरहेको छ । नेकपा माअ‍ोवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएका कारण पनि समस्या भइरहेको नेताहरुको बुझाइ छ । 

    गठबन्धनभित्र दरार आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रधानमन्त्री शेरबहादुर देउवाले किस्ता किस्तामा मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको बुझिएको छ । गठबन्धनका एक नेता भन्छन्, ‘राजनीतिक अध्यादेशले गठबन्धनमा रहेका दलहरु पनि समस्यामा छौँ । मन्त्रीका आकांक्षी धेरै भएकालेपनि समस्या भएको हो । मन्त्री नपाउँदा विभाजनको खतरा भएकाले किस्ता किस्तामा मन्त्री नियुक्त गर्ने तयारी छ।’

    images

    राजनीतिक दलसम्बन्धि अध्यादेश निष्कृष नहुँदासम्म पूर्णता नदिने तर सोमबारसम्म बढीमा चारजना मन्त्री नियुक्त गर्नेगरी छलफल जारी रहेको बुझिएको छ । एकीकृत समाजवादीबाट दुई जना जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री सोमबारसम्म थप गर्ने गरी छलफल भइरहेको बालुवाटार बैठकमा सहभागी एक नेताले बताउनुभयो । 

    यी हुन चर्चामा रहेका नाम

    कांग्रेसः नारायण खड्का, डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल, सुजाता कोइराला र उमाकान्त चौधरी

    नेकपा (एकीकृत समाजवादी) : शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, सरला यादव

    उक्त पार्टीले उपसभामुख पाउनुपर्ने अडान पनि राख्दै आएको छ । 

    माओवादी केन्द्रमा आकांक्षी धेरै भएकाले अध्यादेश निष्कृय भएपछि मात्रै थप नाम दिने तयारी भएको बुझिएको छ । अहिले माओवादीबाट दुईजना मन्त्री नियुक्त भइसकेका छन् । 

    यस्तै जनता समाजवादी पार्टीमा पनि अध्यादेशको निष्कृयताको पर्खाई रहेको छ । यद्यपी सोमबारसम्म दुईजनाको नाम मन्त्रीका लागि टुंगो लाग्न सक्ने बुझिएको छ । 

    तर जसपा नेता मोहम्मद इस्तियाक राई अधयादेश फिर्ता पछि मात्रै आधिकारिक निर्णय हुने बताउँछन् । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ भदौमा ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ जारी गरेकी थिइन्। जसमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य पुगेमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ।

    अध्यादेशको सहयोगमा जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ। दुवै पार्टीलाई ९ भदौमा निर्वाचन आयोगले पनि मान्यता दिइसकेको छ।