आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिजै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोवलसी नविकरण गर्ने सकिने भएको छ ।
सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरि आइएमई पे एप मार्फत “इन्स्योरेन्स” को “पे प्रिमियम“ मा गई ‘आइएमई लाईफ नविकरण” क्लिक गरि मागिएको विवरण प्रदान केहि सेकेन्डमै आफ्नो पोलिसी नविकरण गर्ने सकिनेछ ।
उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यलय जान नपर्ने र समयमैबीमा नविकरण गर्ने प्रोत्साहान गर्ने उदेश्यका साथ उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।


