आइतबार, कार्तिक १६ गते २०८३
images
images

कहिलेकाहीँ सोच्छु, एक्लै पो हुने हो कि : अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 375
    SHARES
  • कहिलेकाहीँ सोच्छु, एक्लै पो हुने हो कि : अध्यक्ष प्रचण्ड

    भदौ २७ काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कहिलेकाहीँ आफू एक्लै परिने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् ।

    images

    आइतबार पर्शुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै आफू कहिलेकाहीँ एक्लै परिएला भन्ने चिन्ता उनले व्यक्त गरे ।

    कार्यक्रममा चिनियाँ जनक्रान्तिका महानायक माओत्सेतुङको जीवनी सुनाउँदै आफू पनि त्यस्तै गरि एक्लै परिने पो हो कि भनेर चिन्ता देखाए । साथै, आफू कम्युनिष्ट आन्दोलनलाई बीच बाटोमै छाडेर जान पनि नसकेको र जिम्मेवारी बोध भई पदमा टाँसिएर बस्न मन नलागेको पनि सुनाए ।

    images

    उनले भने, ‘तपाईहरुभन्दा हामीचाहिँ उत्तराद्र्धतिर लागिसकेका मान्छे हौं । हामीलाई लास्टसम्म बस्न मन पनि छैन । तर, यो आन्दोलनलाई बिच बाटोमै छाडेर भाग्न मन पनि छैन । यसरी जिम्मेवारी बोध हुनु भनेको पदमा टाँसिरहनुमात्र हो ।’

    माओसेतुङको उदाहरण दिँदै अन्तमा उनले भने, ‘मलाई श्रीमतीको पनि विश्वास छैन भनेर माओले भनेकै हो । कहिलेकाहीँ म पनि यस्तै सोच्छु– म पनि एक्लै पो हुने हो कि ! कहिलेकाहीँ दिमागमा त्यस्तो चित्र पनि आउँछ ।