आइतबार, कार्तिक १६ गते २०८३
images
images

सभामुख सापकोटाको अह्वानमा सर्वदलिय बैठक बस्दै

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 243
    SHARES
  • सभामुख सापकोटाको अह्वानमा सर्वदलिय बैठक बस्दै

    भदौ २८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बारम्बार संसद अवरोध गरेपछि समस्या हल गर्न आज सर्वदलिय बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाको अह्वानमा बैठक बस्न लागेको हो ।

    images

    दिउँसो २ बजे ल्होत्से भवनमा बस्ने बैठकले संसद संचालनका लागि सहमति जुटाउने प्रयास गर्ने बताइएको छ । नेकपा (एमाले)ले तत्कालीन आफ्ना १४ सांसदहरुलाई कारवाही गर्दापनि सभामुखले सुचना टाँस नगरेको भन्दै संसद चल्न नदिने अडान राखेको छ ।

    उक्त अवरोधले संसदको कुनै पनि काम कारवाही निर्वाद रुपले हुन पाएको छैन । संसद सचिवालय स्रोतका अनुसार सर्वदलिय बैठकमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुर उपस्थित हुनेछन् ।

    images

    त्यसका साथै अन्य दलका नेता तथा सांसदहरुलाई पनि बैठकमा आउन पत्र पठाइएको छ । जसमा जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेन रहेका छन् ।