भदौ २८ काठमाडौं । साताको दोस्रो दिन नेपाली स्थानीय बजारमा आज सुनको भाउ तीन सय रुपैयाँले वृद्धि भएको छ । हिजो (आइतबार) ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको हो । यता तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले नै वृद्धि हुँदै सोमबार ९० हजार एक सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (आइतबार) चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।
.jpg)

