आइतबार, कार्तिक १६ गते २०८३
images
images

सभामुख र निर्वाचन आयोगबिरुद्ध एमालेले दिएको रिट निवेदनमा आज सुनुवाइ

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 218
    SHARES
  • सभामुख र निर्वाचन आयोगबिरुद्ध एमालेले दिएको रिट निवेदनमा आज सुनुवाइ

    भदौ २८ काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइ सर्वोच्चमा दिएको रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ ।

    images

    एमालेले तत्कालीन आफ्ना १४ सांसदहरुलाई कारवाही गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले सुचना टाँस नगरेको र  निर्वाचन आयोगले पनि उनीहरुलाई नयाँ दल दर्ताका लागि सनाखत गराएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएको थियो ।

    उक्त रिटमाथि आज सुनुवाइ हुने भएको हो । सुनुवाईका लागि उक्त रिट सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा पुगेको छ ।

    images