आइतबार, कार्तिक १६ गते २०८३
images
images

पौडेलले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 235
    SHARES
  • पौडेलले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक

    भदौ २८ काठमाडौं । सत्तारुण दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।

    images

    विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको बताइएको छ । महाधिवेशन निष्पक्ष होस् भनेर खबरदारी गर्न बैठक राखिएको नेताहरूले बताएका छन् । कांग्रेस नेताहरुका अनुसार २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद रहेको छ ।