आइतबार, कार्तिक १६ गते २०८३
images
images

ककनीका युवा कृषक घिमिरे आमरण अनसनमा

एक्सप्रेस पाना
बैशाख १०, २०८० आइतबार
  • 438
    SHARES
  • ककनीका युवा कृषक घिमिरे आमरण अनसनमा

    नबराज घिमिरे, बैशाख १० । नेपाल कृषि प्रधान देश भनेर चिनिएको छ, तर कृषि क्षेत्रमा देखिएको बिशङ्कती र बिकृति यती धेरै मौलाउदो छ कि जस्ले जरो गाडी सकेको छ । तिनै बिशङ्कती र बिकृति बिरुद्ध नुवाकोट ककनी गाउँपालिका २ का एक कृषक युवा आमरण अनसनमा बसेका छन् । अनसन बसेको आज तेस्रो दिनसम्म पनि सरोकारवाला निकायले कुनै चासो दिएका छैन्न् ।

    images

    काठमाडौंको भूगोलपार्कको बगैंचामा आमरण अनशन बसेका ककनी २ नुवाकोटका श्रीराम घिमिरेको स्वास्थ्य स्थिति दिन प्रतिदिन बिग्रदो अवस्थामा छ । दुई सहयोगी राकेश घिमिरे र केदार घिमिरेका साथमा उनी ५ गते ककनी २ बाट पैदल हिडेर त्यो पनि खाली खुट्टा अनशन स्थलमा पुगेका हुन् । ककनीमै १० रोपनी जग्गा भाडामा लिएर कालिज र कुखुरा फर्म सञ्चालन गर्दै आएका घिमिरेले ५० लाख लगानी गरेका थिए ।

    कृषिमै भविश्य खोज्दै घिमिरेले केहिलाई रोजगारी समेत दिएका थिए । तर सबै डुब्यो सरकारले कृषिमा दिँदै आएको अनुदान कहाँ गयो घिमिरे प्रश्न गर्छन् । सरकारले किसानको हितमा काम नर्गदा यो अवस्था आएको हो । कालीज र कुखुरा मर्यो लगानी सबै डुब्यो, केही गर्छु भनेर हिडेको किसान डुब्दा सरकार बेखबर छ । पटक पटक अनुरोध गर्दा सुनवाइ भएन र अनसन बस्न बाध्य भए । उनको स्वास्थय स्थिती बिग्रेकोले बोल्न पनि गारो हुँदै गएको छ । 

    images

    nab.png

    बिगत चार, पाचँ बर्षदेखी कृषि फार्म संचालन गर्दै आएका घिमिरेको फर्म अहिले पुरै खाली छ । कालीजले बजार नपाएको, कुखुरा मरेको र ढुवानी महंगो, अनुदानमा सरकारले उदारता नदेखाएको जस्ता कारणले किसानहरुको ब्यवसायले गतिलिन नसकेको हो ।

    सरकारले कृषि मैत्री बातावरण मिलाइदिने हो भने पक्कै पनि किसानको ब्यवसायले गति लिनेछ उनी बताउछन् । उनले आवरण अनसन सँगै ५ वटामाग समेत सरकार सँग राखेका छन् । कृषिको अनुदान खोई रुबैकिगं ब्याज किसानलाई न्यून कायम गर , मल,बीउ र औजार अनुदानमा दिन पर्छ । कृषिमा १० प्रतिशत बजेट छुटयाउ, प्रोजेक्ट ऋण एक प्रतिशतमा ५० लाखसम्म उपलब्ध गराउ किसान कार्ड लागु गर र यातायातमा भाडा सहुलियत दिनुपर्नेजस्ता छन् । सरकारले अनसनवालाको माग सम्बोधन गर्न आवश्यक देखिन्छ ।