भदौ २८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा उक्त मुद्दाको सुनुवाइ तोकिएको थियो । आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुख अग्निप्रसाद सापकोटाले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको जिकिर ओलीले रिटमा गरेका छन् ।
बेञ्च–बार समन्वय समितिको बैठक परेकोले हेर्न नभ्याइनेमा राखिएको बताइएको छ । सो समितिमा वरिष्ठतम न्यायाधीशद्वय कार्की र खड्का पनि छन् ।
नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया नै अवैध रहेको दाबी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर रिट हालेका थिए ।
.jpg)


