आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक पारित

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 402
    SHARES
  • एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक पारित

    भदौ २८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधकाबीच लोकसेवा आयोग विधेयक २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । 

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित आएको, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको लोकसेवा आयोग विधेयक पेश गरेका थिए । विधेयकमाथिको छलफलमा कुनै सदस्यले भाग लिएनन् । बहुमतका आधारमा विधेयक राष्ट्रियसभाबाट पारित भएको हो । 

    विधेयक पारित हुँदा एमालेका सांसदले उठेर अवरोध गरिरहेका थिए । बैठकले राष्ट्रियसभा पूर्वसदस्य रुक्मशम्शेर जबराको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक ३० भदौ बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

    images

    यसअघि आजै बसेको पहिलो बैठकमा सभापति परशुराम नेगी गुरुङका तर्फबाट सदस्य खगेन्द्र प्रकाश पुरीले विधायन व्यवस्थापन समितिको लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश भएसँगै एमालेको अवरोधलाई मध्यनजर गर्दै अध्यक्ष गणेश तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । दोस्रो बैठकले अध्यादेश पारित गरेको हो ।