आइतबार, कार्तिक १६ गते २०८३
images
images

अब राप्रपा कहिल्यै फुट्दैन :अध्यक्ष थापा

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 456
    SHARES
  • अब राप्रपा कहिल्यै फुट्दैन :अध्यक्ष थापा

    भदौ २८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले आज (सोमबार) आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताए ।

    images

    अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न समेत आग्रह गरे  । त्यस्तै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबराले कम्युनिष्ट सरकारलाई बिस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताए ।

    अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बताउदै उनले भने अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने बताए ।

    images