आइतबार, कार्तिक १६ गते २०८३
images
images

असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गरिने 

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 589
    SHARES
  • असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गरिने 

    भदौ २८ काठमाडौं । यस वर्ष दशैंका लागि आगामी असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ ।

    images

    राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार असोज ४ गतेबाट बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुनेछ ।

    ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।

    images