आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेञ्चुरी कमर्सियल बैंकको नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 435
    SHARES
  • सेञ्चुरी कमर्सियल बैंकको नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’

    भदौ २८ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ संचालन गरेको छ । मात्र १ हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । 

    images

    रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’ खोल्न सक्ने बैंकले जनाएको छ । 

    यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निःशुल्क उपलब्ध गरिएको बैंकले जनाएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

    images