शनिबार, भाद्र २७ गते २०८३
images

आज बाल दिवस, विविध कार्यक्रम गरि मनाउँदै

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 975
    SHARES
  • आज बाल दिवस, विविध कार्यक्रम गरि मनाउँदै

    भदौ २९ काठमाडौं । आज (मङ्गलबार) ५७ औं राष्ट्रिय बाल दिवस परेको छ । बाल अधिकार रक्षाका लागि आवाज उठाउदै मुलुकभर विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिएको छ । 

    images

    नेपालमा बल दिवस हरे वर्ष भदौ २९ गते पर्ने गरेको छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । 

    वि.स २०२१ भदौ ४ गतेबाट नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । भारत भ्रमणमा रहेका बेला महात्मा गान्धीको आफ्नो जन्म दिनमा बाल दिवस मनाएको देखेपछि तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहले पनि नेपालमा आफ्नो जन्मदिन पारेर बाल दिवस मनाउने प्रचलन बसाएकी हुन् । 

    images

    त्यसपछि रत्न राज्यलक्ष्मीदेवी शाहको जन्म दिन पारेर भदौ ४ लाई बाल दिवस बनाइने चलनस सुरु भयो । भदौ ४ गते पारेर नेपालले ४२ वटा बाल दिवस मनायो । अन्ततः २०६३ देखि मुलुक गणतान्त्रिक पथमा लम्कदै गर्दा नेपालले भदौ २९ लाई बाल दिवसका रूपमा स्थापित गर्यो । 

    बालबालिकाहरूलाई ज्ञान, संस्कार, सीप, धारणाको सकारात्मक र आशावादी विचारहरूको विजारोपण गर्न जरुरी रहेको सरोकारवालाहरु बताउँछन्  । यस वर्ष कोरोना महामारीका कारण बालबालिकाको उपस्थितिमा यो दिवस मनाउन सम्भव नहुने भएको छ ।