शनिबार, भाद्र २७ गते २०८३
images

२४ घण्टामा अढाई करोड बढिको अबैध सामान बरामद

एक्सप्रेस पाना
बैशाख २७, २०८० बुधबार
  • 227
    SHARES
  • २४ घण्टामा अढाई करोड बढिको अबैध सामान बरामद

    सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तिव्रता दिँदा करीव २४ घण्टाको वीचमा अढाई करोड बढिको अबैध
    सामान तथा गाडी बरामद गरेको छ । सोमबार बिहान १० बजे देखि मंगलबार बिहान ८ बजे सम्म देश भरीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलका विभिन्न यूनिटले २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरको अबैध सामान नियन्त्रणमा लिएको हो ।

    images

    जसमा कोशी प्रदेशका ईलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित यूनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
    यसैगरी मधेस प्रदेश अन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित यूनिटले २४ घण्टाको बीचमा २ करोड ३६ लाख २८
    हजार ८ सय १२ रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ ।

    त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलबस्तु र बर्दिया जिल्लास्थित यूनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद
    गरेको छ । यसैगरी सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधीमा ४ लाख ९२ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

    images

    बरामद सामानमा भन्सार छलि र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत रहेका छन् । बरामद सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।