भदौ २९ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकका लागि सम्भावित कार्यक्रम बनाइएको छ । संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ । एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ । कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाएको छ ।
.jpg)


