शनिबार, भाद्र २७ गते २०८३
images

५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जना नियन्त्रणमा

एक्सप्रेस पाना
बैशाख २७, २०८० बुधबार
  • 209
    SHARES
  • ५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जना नियन्त्रणमा

    महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट बैशाख २७ गते सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी गाईको पुच्छर सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने विकास कुमार महत्तो, धादिङ्गजिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ बर्षिय उमेश बहादु्र बस्नेत, बारा जिल्लाको सिमरा नगरपालिका १ बस्ने ६० बर्षिय सुमन मान्नधर र धनुषा जिल्लाको हसपुर नगरपालिका ४ बस्ने ३७ बर्षिय मोहमद अजिन रहेका छन् ।

    काठमाडौंबाट जलेश्वरहुदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको यात्रुवाहक बसबाट मलिवाडा बसपार्कमा उल्लेखित मुल्य बराबरको चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीको लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ । सो बस समेत
    आवश्यक छानविनको लागि सोही शाखामा बुझाइएको छ ।

    images