आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाण्डे र भट्ट समाजवादीमा जान पाउने कि नपाउने? सर्वोच्चले गर्दै छिनोफानो

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 291
    SHARES
  • पाण्डे र भट्ट समाजवादीमा जान पाउने कि नपाउने? सर्वोच्चले गर्दै छिनोफानो

    भदौ २९ काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउनुपर्ने एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

    images

    सर्वोच्च अदालतले न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकेको हो । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै समाजवादी पार्टीमा आबद्ध हुन पाउनुपर्ने अन्तरिम आदेश माग गरेका छन् ।

    रिटमा आइतवार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मिरा खड्काको एकल इजलासले अन्तरिम आदेश दिने,नदिनेबारे छलफल गर्न आज दुबै पक्षलाई बोलाउँदै त्यतिञ्जेल कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो । आदेशअनुसार आज खतिवडा र सुवेदीको इजलासमा समाजवादीमा जान पाउने वा एमालेमै रहने भन्ने दुबै पक्षको सुनुवाइपश्चात छिनोफानो हुनेछ ।

    images