शनिबार, भाद्र २७ गते २०८३
images

आजको मौसम : कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरीकाे सम्भावना

एक्सप्रेस पाना
जेठ ६, २०८० शनिबार
  • 232
    SHARES
  • आजको मौसम : कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरीकाे सम्भावना

    आज गण्डकी प्रदेशका केही स्थानमा पानी पर्न सक्छ । अन्य प्रदेशका पहाडी केही स्थानमा पनि चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान छ । महाशाखाका अनुसार, कोशी प्रदेश र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ । 

    images

    ‘देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना छ’, मौसम पूर्वानुमान महाशाखाको सूचनामा भनिएको छ । 

    शनिबार राति कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि मौसम सफा नै रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ । 

    images

    महाशाखाले कोशी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमबाट जोगिन अनुरोध पनि गरेको छ । 

  • सम्बन्धित विषय:

  • # मौसम