आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी स्थायी कमिटी : मन्त्री छनौटदेखि संसद अवरोधसम्म छलफल हुने

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 596
    SHARES
  • माओवादी स्थायी कमिटी  : मन्त्री छनौटदेखि संसद अवरोधसम्म छलफल हुने

    भदौ २९ काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को अपरान्ह ३ बजेदेखि सुरु हुने स्थायी कमिटी बैठकमा पार्टी विधानदेखि सरकारमा पठाउने मन्त्री छनौटसम्मको बारेमा छलफल हुने भएको छ ।

    images

    शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सामेल भएको दुई महिना नाघिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकिरहेको बेला माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

    ‘आजको बैठकमा संगठन विस्तारको कार्यसूचीदेखि मन्त्री चयनसम्मका विषय छलफल हुन सक्ने छ,’ सदस्य देवेन्द्र पौडेलले भने, ‘पार्टीको विधान, भावी कार्ययोजनासहित विषयमा छलफल गरेर टुंगोमा पुग्न खोजेका छौं ।’ उनका अनुसार सरकार विस्तारभन्दा बढी पार्टीको आन्तरिक राजनीतिमा छलफल केन्द्रीत हुनेछ ।

    images

    बैठकमा एमालेले प्रतिनिधिसभामा गरिरहेको अवरोधबारे पनि छलफल हुनेछ । 

    गत २९ असारमा सर्वोच्च अदालतको परमादेशपछि देउवा नेतृत्वमा सरकार गठन भएको थियो । सो सरकार गठन भएको दुई महिना नाघिसक्दा माओवादी केन्द्रका २ सहित ५ सदस्यीय मन्त्रिमण्डल हाँकिरहेका देउवाले गठबन्धनका दलसँग मन्त्रीको नामावली माग गरिरहेका छन् ।

    तर, माओवादी केन्द्र मात्रै होइन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतले अझै नाम दिन सकेका छैनन । जसका कारण देउवा सरकार दुई महिनादेखि ५ सदस्यीयमा सीमित छ ।