शनिबार, भाद्र २७ गते २०८३
images

पर्यटकको आकर्षक गन्तव्य चन्द्रागिरी

एक्सप्रेस पाना
जेठ ९, २०८० मंगलबार
  • 1.3K
    SHARES
  • पर्यटकको आकर्षक गन्तव्य चन्द्रागिरी

    काठमाडौं । नेपालको धार्मिक तथा पर्यटकिय केन्द्र चन्द्रागिरी हिल्समा स्वदेशी तथा बिदेशी पर्यटकहरुको आकर्षण निकै बढेको छ । पछिललो समय आन्तिरिक तथा वाह्य पर्यटकअरु टिकटक बनाउने र फोटो खिच्ने क्रम बढ्दो छ । 

    images

    चन्द्रागिरी भनेको एउटा ठाउँ मात्र होइन मुख्य आकर्षक गन्तब्य पनि हो । चन्द्रागिरी सानो बच्चा देखी साठी बर्ष माथिका उमेर समुहका लागि पनि उपयुक्त ठाउँ हो । चन्द्रागिरीको तापक्रम काठमाण्डौको भन्दा ३/४ डिग्री कम हुने गर्दछ, काठमाण्डौको ऐर्पोर्टबाट ४५ मिनेटको गाडीको यात्रा पछि तपाईंले संसार मै नभेटेको ठाउँ भेट्नु हुन्छ । त्यो हो चन्द्रागिरी ११ देखी १३ मिनेटको केबलकारको दुरिमा मनमोहक हिमालयन द्रिश्य र सुन्दर काठमाण्डौको अबलोकन  गर्न सक्नु हुनेछ ।

    चन्द्रागिरीको छुट्टै आफ्नो ऐतिहासिक महत्व रहेको छ । जहाँ बाट पृथ्वीनारायण शाहले काठमाण्डौ अबलोकन गरेर नेपाल यकिकरणको सुरुवाती सोचको निर्माण गर्नुभयको ठाउँ नै यही भालेश्वर महादेवको प्रांगण हो । यो प्रांगणमा चन्द्रागिरी हिल्सले बिभिन्न खालको प्याकेजहरु चलायको छ । तपाईं आफ्नो बच्चा लाई लियर आफ्नो छुट्टी मनाउन जान सक्नु हुनेछ । जिप लाइनको आनन्द लिन सक्नु हुनेछ । फ्रीफलको आनन्द लिन सक्नु हुनेछ । घोडा सफारीको आनन्द लिन सक्नु हुनेछ साथै परिवारको साथमा पिकनिक गर्न पनि सकिनेछ । 

    images

    हरेक बूधबार महिलाहरुलाई लक्षित गरेर पाँच बजेदेखी ९ बजे सम्म २०० मै टिकेट पाईन्छ जुन दुई सय मात्रै तिरेर संसार मै अन्त कतै नदेखिने काठमाण्डौको रात्रीकालिन सुन्दरता अबलोकन गर्न सकिनेछ । याद गर्नुहोस् यो बूधबार महिलाहरुको लागि हो भने शुक्रबार पाँच बजे देखी ९ बजेसम्म हर कोहीका लागि २०० मा टिकेट पाइनेछ । अर्को रमाइलो कुरा त तपाईं जिरो कार्बन जोनको आनन्द लिन सक्नु हुनेछ । 

    साथै अक्सिजन भरपुर प्राप्त गर्न सक्नुहुनेछ बाँकी रह्यो चन्द्रागिरी रिसर्टको तपाईं मन्दिर देखी १०/१५ मिनेट हिनेर सजिलै पुक्न सक्नुहुनेछ जुन तपाईंलाई स्वास्थ्य को दृष्‍टिले पनि फाईदाजनक हुनेगर्दछ । तपाईं यदी हिनेर जान सक्नु भयन भने त्यही रहेको गाडीले तपाईंलाई रिसोर्ट सम्मन पुर्याउने छ । त्यसको लागि तपाईंको बुकिङ् अनिबार्य हुनुपर्ने छ । साठि बर्ष माथि को उमेर समुह को लागि टिकेटमा २५ प्रतिसत छुटको ब्यबस्था छ भने असी बर्ष माथि को उमेर समुहका लागि निशुल्क टिकेट प्रदान गर्ने ब्यबस्था रहेको चन्द्रागिरी हिल्सका बजार ब्यबस्थापक प्रभाकर खड्काले बताउनु भयो । दामोदर भट्ट (प्रमाण)