शनिबार, भाद्र २७ गते २०८३
images

२२ लाख रुपैयाँ भन्दाबढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद

एक्सप्रेस पाना
जेठ १०, २०८० बुधबार
  • 195
    SHARES
  • २२ लाख रुपैयाँ भन्दाबढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद

    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५ सय ९० रुपैयाँको चोरीपैठारीको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरेको छ ।

    images

    बुधबार राति साढे १ बजे भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित सामानहरु प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका
    सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त सामानहरु छाडेर भागेका थिए । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।