बुधबार, भाद्र २४ गते २०८३
images

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

एक्सप्रेस पाना
जेठ १२, २०८० शुक्रबार
  • 331
    SHARES
  • खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

    सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।  

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । 

    युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ । गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ । बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताउनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

    images

  • सम्बन्धित विषय:

  • # रासस