आइतबार, कार्तिक १६ गते २०८३
images
images

शारदादेवी भट्ट र सोमप्रसाद पाण्डेले नेकपा (एस) रोज्न पाउने

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 509
    SHARES
  • शारदादेवी भट्ट र सोमप्रसाद पाण्डेले नेकपा (एस) रोज्न पाउने

    भदौ २९ काठमाडौं । नेकपा (एमाले)का सांसद शारदादेवी भट्ट र सोमप्रसाद पाण्डेले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने भएका छन् । सर्वोच्च अदालतले एमालेका सांसद भट्ट र पाण्डेले नेकपा (एस) रोज्न पाउने गरी अन्तरिम आदेश दिएको हो ।

    images

    न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त आदश दिएको हो । भट्ट र पाण्डेले आफूहरू नेकपा (एस)मा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गरेका थिए ।

    निवेदकले नेकपा (एस)मा आबद्ध हुने गरी भदौ ८ गते निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनीहरूलाई दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही नगर्न अदालतले अन्तरिम आदेश दिएको हो ।

    images