शनिबार, भाद्र २७ गते २०८३
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
जेठ १३, २०८० शनिबार
  • 297
    SHARES
  • कस्तो छ आजको मौसम ?

    मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले तराईका भूभागमा हावाहुरीको सम्भावना रहेकाले त्यसबाट जोगिन र हुनसक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
    हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ ।

    images

    शनिवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भूभागहरूका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
    शनिवार राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    आइतवार दिउँसो देशका कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
    आइतवार राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

    images

    सोमवार दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    सोमवार राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम