शनिबार, भाद्र २७ गते २०८३
images

भारतको ओडिशामा भयानक रेल दुर्घटना, २३३ जनाको मृत्यु, ९ सय यात्रु घाइते

एक्सप्रेस पाना
जेठ २०, २०८० शनिबार
  • 407
    SHARES
  • भारतको ओडिशामा भयानक रेल दुर्घटना, २३३ जनाको मृत्यु, ९ सय यात्रु घाइते

    भारतको ओडिशा राज्यअन्तर्गत बालासोर जिल्लानजिकै भयानक रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ भने ९ सय जना घाइते भएका छन्। बीबीसी हिन्दीका अनुसार शुक्रबार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको हो।

    images

    दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो। ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्विट गर्दै दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन्। दुर्घटनामा झन्डै ९०० जना घाइते भएको उल्लेख गरेका छन्। अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट ट्रेन पनि त्यसमा ठोक्किएको थियो। 

    रेलमन्त्री अश्विनी वैष्णव आफै दुर्घटनास्थल गएका छन्। उनले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। यसका साथै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।

    images