भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर आज एक जना महिलाको मृत्यु भएकाे छ ।
भक्तपुर नगरपालिका–१ सल्लाघारीकाे हनुमन्ते पुलमा राधेराधेबाट निकोसेरा जाँदै गरेको बा २१च ५३०१ नम्बरको गाडीबाट खसेर ४३ वर्षीया महिलाकाे ज्यान गएकाे हाे । ज्यान गुमाउने महिलाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीकाे डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भइ अहिले ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरिएकाे उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।


