शनिबार, भाद्र २७ गते २०८३
images

अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद 

एक्सप्रेस पाना
जेठ ३०, २०८० मंगलबार
  • 266
    SHARES
  • अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद 

    अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद 
     रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले जेठ २९ गते बरामद गरेको छ ।

    images


     भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।

    1686569076811 (1).jpeg
     यसैगरी नम्बर ३४ गण कैलालीले जेठ २९ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ चटकपुर ईलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

    images


     बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।