आइतबार, भाद्र २८ गते २०८३
images

धरानमा हर्क साङपाङले श्रमदानबाट भित्र्याए पानी

एक्सप्रेस पाना
जेठ ३०, २०८० मंगलबार
  • 364
    SHARES
  • धरानमा हर्क साङपाङले श्रमदानबाट भित्र्याए पानी

    कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार मध्यरातमा उनी भावुक भएका थिए । पानी धरान ल्याउनकै लागि मेयर साम्पाङ लगायत धेरै धरानबासी रातभर जाग्राम बसेका थिए ।

    images

    धरान । कडा परिश्रम र मेहेनतको परिणामस्वरूप धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन् । धरानका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानबाट धरानमा नयाँ खानेपानी भित्र्याइएको हो।

    कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार मध्यरातमा उनी भावुक भएका थिए । पानी धरान ल्याउनकै लागि मेयर साम्पाङ लगायत धेरै धरानबासी रातभर जाग्राम बसेका थिए ।

    images

    कोकाहाको पानी धरान ल्याउन सफल मेयर साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले कोकाहा खोलाको पानीमा नुहाउन धराने जनतालाई आह्वान गरेका छन् ।

    उनले लेखेका छन्, ‘आज ११ बजेदेखि कोकाहा खोलाको पानीमा नुहाउने कार्यक्रम रहेको छ  कोकाहाको पवित्र जलले नुहाउन धरान २० को माया धराने साबुन फ्याक्ट्री निर्माण स्थल छेउ पकुवा खोलामा आउनु होला  जय श्रमदान

    harka sampan 1.jpg

    उनी कोकाहाको पानी पकुवा खोलासम्म नल्याइ घर नै जान्न भन्दै रातभर काममा खटिएका थिए । राति १२ बजेर ३ मिनेटमा उनले दिएको बचन पूरा गर्दै पानी झार्न सफल भएका हुन् ।