आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेश २ मा पार्टी कार्यकर्तालाई कृषि अनुदान 

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 598
    SHARES
  • प्रदेश २ मा पार्टी कार्यकर्तालाई कृषि अनुदान 

    भदौ ३० जनकपुर । प्रदेश २ सरकारले कृषिका योजना पार्टीका कार्यकर्तालाई बाँडेको पाइएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा ५० प्रतिशत अनुदानमा किसानका नाममा ट्याक्टर वितरण गरेको थियो । 

    images

    मन्त्री शैलेन्द्रप्रसाद साहले आफ्नो गृह जिल्ला सप्तरीमा २० वटा ट्याक्टर बाँडेका थिए भने राज्यमन्त्री योगेन्द्रराय यादवले गृह जिल्ला रौतहटमा १८ वटा वितरण गरेका थिए । प्रदेशका अन्य जिल्लामा १० वटाको दरले ट्याक्टर वितरण गरिएको थियो । धनुषामा ट्याक्टर पाउनेमा सुजनादेवि कोइरी, रामचन्द्र यादव, रामप्रकाश यादव, राधेश्याम गोइत, महिन्द्र चौधरी, ज्ञानकुमार यादव, भोगेन्द्रप्रसाद यादव, राजकुमारी देवि, किसान बहुउदेश्य कृषक समूह, मिथिला कृषि पशुपालन तथा डेरी उद्योग, राम ग्यान मण्डल, दिनेश यादव छन् ।

    ट्याक्टर पाउने रामप्रकाश जसपा कमला नगरपालिका— १ का वडाअध्यक्ष राजकुमार यादवका बुवा हुन् । उनी जसपाका जिल्ला अध्यक्ष पशुपति यादवका नातेदारसमेत हुन् । उनी जसपाका जिल्ला अध्यक्ष पशुपति यादवका नातेदार हुन् । ज्ञानुकुमार यादव तल्काल्नि समाजवादी पार्टीका धनुषाधाम नगरपालिका प्रमुखका प्रत्यासी थिए । उनले एक हजार सात सय २१ मत पाएका थिए । त्यसैगरी रामचन्द्र यादवको सिफारिस तत्कालीन आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले गरेका थिए । 

    images

    किसान बहु उदेश्य कृषक समुह वैद्यनाथ रायको रहेको छ उनि तत्कालिन समाजवादी र हालको जसपाका सबैला नगर अध्यक्ष हुन । टयाक्टर पाउनेहरु जसपाको पार्टीको सदस्यहरु र विभिन्न जिम्मेवारी पदमा बसेका व्यक्तिहरु रहेका छन । मन्त्रालयका कर्मचारीहरुका अनुसार अधिकांस योजनाहरुका पार्टीको कार्यकर्ताहरु बोलबाला रहने गरिएको छ । उनिहरुको नातेदारहरुले योजना पाउने गरेका छन भने अनुदानको समानहरु लिएर बिक्री समेत गर्ने गरेका छन ।

    अनुदान पाएका रामप्रकाश यादवले भने अनुदानमा पाएको ट्याक्टर बिक्री गरिसकेका छन् ।  सूचना अभियन्ता सरोजकुमार मिश्र सरकारी अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको बताउँछन् ।