सोमबार, भाद्र २९ गते २०८३
images

२५ लाख भन्दा बढिको अबैध सामान बरामद 

एक्सप्रेस पाना
जेठ ३२, २०८० बिहीबार
  • 247
    SHARES
  • २५ लाख भन्दा बढिको अबैध सामान बरामद 
    पर्सा जिल्लाको बिरगंज महानगरपालिका १० आदर्शनगर ईलाकाबाट २५ लाख २५ हजार ६ सय रुपैयाँ बराबरको अबैध सामान जेठ ३१ गते दिउँसो सशस्त्र प्रहरीले बरामद गरेको छ ।
     
    २ वटा ठेलामा लोड गरी भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको बिल बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो ।
     
    सामान ल्याउने ब्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडी फरार भएका थिए ।
     
    बरामद गरिएको मध्ये विल विजक विनाको सुटिङ्गको कपडा ५ लाख ७० हजारको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् गरी १९ लाख ५५ हजार ६ सय रुपैयाँको रहेको छ  ।
     
    बरामद सामान आवश्यक कारवाहीको लागि बुधबार नै बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

     

    images